सिरहाको खजनपुरबाट ४९ किलो ७६० ग्राम गाँजा बरामद
nepalpress.com · Fri Aug 14 05:24:02 GMT 2026

सिरहा । भारततर्फ गाँजा तस्करी गर्ने प्रयास सशस्त्र प्रहरीले विफल पारेको छ। सिरहाको औरही गाउँपालिका-४ खजनपुरबाट सशस्त्र प्रहरीले ४९ किलो ७६० ग्राम गाँजा बरामद गरेको हो।
शुक्रवार बिहान करिब साढे ३ बजे गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर भारततर्फ जाँदै गरेका तस्कर मोटरसाइकल र गाँजा छाडेर फरार भएका थिए।
Read full story at source (nepalpress.com)