श्रेष्ठलाई सोमबार उपस्थित गराउन सर्वोच्चको आदेश
nagariknews.nagariknetwork.com · Fri Aug 14 05:29:06 GMT 2026

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइपछि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले श्रेष्ठलाई उपस्थित गराउन आदेश दिएको हो।
श्रेष्ठकी श्रीमती सरस्वतीले उनको गैरकानुनी थुनाविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। बुधबार राति पक्राउ परेका श्रेष्ठलाई हाल जिल्ला प्रहरी परिसर, भद्रकालीबाट महाराजगञ्जस्थित प्रहरी वृत्तको हिरासतमा सारिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)