सुदूरपश्चिम मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस
onlinekhabar.com · Fri Aug 14 05:33:16 GMT 2026

२९ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँ समक्ष उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् ।
मुख्यमन्त्रीबाट कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । मियाँले संविधानको धारा १६८ को उपधारा(२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएका थिए । तोकिएको समयभित्रै एमालेको समर्थनसहित भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)