बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
baahrakhari.com · Fri Aug 14 05:46:00 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।
बैकिङ प्रणालीमा अधिक तरलता भएका कारण ३५ दिनको लागि उक्त रकम बराबरको निक्षेप तान्न लागेको हो । यसअघि साउन २७ गते पनि राष्ट्र बैंकले प्रणालीबाट ३० अर्ब रुपैयाँको एक महिने निक्षेप संकलन गरेको थियो ।
Read full story at source (baahrakhari.com)