बाजुरामा घरमाथिबाट पहिरो खस्दा एक जनाको मृत्यु, दुई घाइते
kendrabindu.com · Fri Aug 14 05:52:58 GMT 2026

बाजुरा । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार अविरल वर्षापछि ताम्सुका ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरेको हो। पहिरोमा परी मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–९ का कर्ण थापाकी २० वर्षीया छोरी प्रतीक्षा थापा रहेकी छन्।
Read full story at source (kendrabindu.com)