किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश
annapurnapost.com · Fri Aug 14 05:42:05 GMT 2026

काठमाडौं : सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले बरामद सामानसहित श्रेष्ठलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो। उनी जनआस्था साप्ताहिकका सम्पादक हुन्।
प्रहरीले श्रेष्ठलाई २७ गते राति पक्राउ गरेको थियो। पक्राउ परेलगत्तै उनको घरमा प्रहरीले छापा मारेर ल्यापटपलगायत महत्वपूर्ण काजगात नियन्त्रणमा लिएको बताइएको छ।
Read full story at source (annapurnapost.com)