अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध दुई सञ्चार संस्थाको मुद्दा, ‘ट्रुथ एपीआई’ बन्द गर्न माग
ictsamachar.com

उक्त सेवामार्फत ट्रम्पसहित ट्रुथ सोसलका १० प्रभावशाली खाताका पोस्टमा सर्वसाधारणभन्दा अगाडि पहुँच लिन ग्राहकले मासिक १ लाख अमेरिकी डलरसम्म शुल्क तिर्नुपर्ने व्यवस्था छ । गत अगस्ट १ देखि सञ्चालनमा आएको यो सेवाले बजारमा प्रभाव पार्न सक्ने राष्ट्रपतिको पोस्टमा समेत अग्रिम पहुँच उपलब्ध गराउने उजुरीकर्ताको दाबी छ ।
उजुरीकर्ताले शुल्क तिरेर ट्रम्पका पोस्टमा विशेष पहुँच दिने व्यवस्था तत्काल रोक्न माग गरेका छन् । साथै, यस्तो सेवा सञ्चालनमा रहेसम्म ह्वाइट हाउसलाई सरकारी आधिकारिक घोषणा केवल ट्रुथ सोसलमार्फत सार्वजनिक गर्न रोक लगाउन पनि अदालतसमक्ष माग गरिएको छ ।
Read full story at source (ictsamachar.com)