धनकुटामा ट्याक्टरमा काठ लोड गर्ने क्रममा युवकको मृत्यु
bishowkhabar.com · Fri Aug 14 05:56:29 GMT 2026

काठमाडौं– धनकुटामा ट्याक्टरमा गोलिया काठ लोड गर्ने क्रममा काठले किचेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार उत्तिसको गोलिया काठ ट्याक्टरमा लोड गर्ने क्रममा धनकुटाको पाख्रिवास नगरपालिका–३ का ३५ वर्षीय लीला मगरको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार काठ लोड गर्ने क्रममा गोलिया काठ पल्टिँदा मगरलाई किचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न ट्याक्टर र चालक धनकुटाको महालक्ष्मी नगरपालिका–३ चानुवाका १९ वर्षीय सुनिल गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Read full story at source (bishowkhabar.com)