सुनारको ‘प्रलाप’ मा रास्वपाकै सांसदको प्रतिवादः बेनामी उजुरीका भरमा आईजीपीलाई डाम्न मिल्दै
barnanmedia.com · Fri Aug 14 05:53:15 GMT 2026

काठमाडौं । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ रास्वपाका सांसद खगेन्द्र सुनार नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीमाथि खनिँदा रास्वपाकै अर्का सांसदले त्यसको प्रतिवाद गरेको पाइएको छ । सांसद गोविन्द पन्थीले आइजीपीमाथि सुनारले लगाएका आरोपहरुलाई बैठकमै खारेज गरिदिएका थिए ।
बेनामी पत्रका आधारमा सुरक्षा निकायको शीर्ष नेतृत्वलाई बोलाएर अनावश्यक आरोप लगाउनु र सञ्चारमाध्यमार्फत सार्वजनिक गर्नुले सिंगो प्रहरी संरचनामा गम्भीर प्रभाव पर्ने पन्थीको टिप्पणी थियो । यस्ता उजुरीमाथि पहिले समितिमै छलफल गरेर केही आधार देखिए मात्रै सम्बन्धित पदाधिकारीलाई बोलाउनुपर्ने विधि तय गर्न उनले सुझाव दिए ।
Read full story at source (barnanmedia.com)