सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दावी पेश
annapurnapost.com · Fri Aug 14 05:58:08 GMT 2026

धनगढी : सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टले नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँले दिएको समयसीमाभित्रै भट्टले शुक्रबार बिहान मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका हुन्।
प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए। सोहीअनुसार नेकपा र एमालेबीचको सत्ता समीकरणका आधारमा भट्टले दाबी पेस गरेका हुन्। दाबी स्वीकृत भएपछि उनलाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ।
Read full story at source (annapurnapost.com)