सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो
nepalpress.com · Fri Aug 14 06:03:57 GMT 2026

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.०५ प्रतिशत बढी हो । त्यसबेला बैंकले १ अर्ब २८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी १.९० प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ६.३३ प्रतिशत बढेको छ । कुल सञ्चालन आम्दानी २.१३ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा ८१.२६ प्रतिशत बढेको छ । बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५३ पैसा पुगेको छ ।
Read full story at source (nepalpress.com)