रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता
ratopati.com · Fri Aug 14 06:06:32 GMT 2026

रोल्पा । सुनछहरी गाउँपालिका २ फलबाङमा घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । आज बिहान ८:१० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको छ ।
पुरिएको घरमा वीरबहादुर घर्ती मगर, उनकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर राति बास बसेको र हाल तीनै जना पहिरोमा परी बेपत्ता भएका छन् ।
Read full story at source (ratopati.com)