कांग्रेसमा असहमति हुन सक्छ तर अपमान हुनु हुँदैन
ratopati.com · Fri Aug 14 06:07:50 GMT 2026

राजनीतिक दल लोकतन्त्रका लागि केवल निर्वाचन लड्ने संगठन होइनन्, ती राष्ट्रको राजनीतिक संस्कार निर्माण गर्ने विद्यालय हुन् । संसद बलियो बनाउन राजनीतिक दल बलिया हुनुपर्छ । राजनीतिक दल बलिया बनाउन संस्थागत संस्कृति बलियो हुनुपर्छ । र, संस्थागत संस्कृति बलियो बनाउन व्यक्तिले संस्थालाई आफूभन्दा ठूलो भएको स्वीकार गर्नुपर्छ ।
यही सिद्धान्तलाई नेपालले आज सबैभन्दा बढी आत्मसात् गर्नुपर्ने बेला आएको छ । नेपालको राजनीतिक इतिहासलाई हेर्दा एउटा समान प्रवृत्ति बारम्बार देखिन्छ । कुनै पनि राजनीतिक दल ठूलो बन्छ, जनविश्वास प्राप्त गर्छ, सत्ताको केन्द्रमा पुग्छ, अनि त्यसपछि क्रमशः आन्तरिक प्रतिस्पर्धा, गुटबन्दी, असन्तुष्टि र अन्ततः विभाजनको चक्रमा फस्न पुग्छ ।
Read full story at source (ratopati.com)