घोराही सिमेन्टको घाटा ४६ प्रतिशतले घटेर ३० करोडमा झर्यो, माग सुस्त र लागतको दबाब कायमै
aarthiknews.com

काठमाडौं । सिमेन्टको मागमा आएको सुस्ती, उत्पादन क्षमताको तुलनामा बजार खपत कम हुनु तथा कोइला र डिजेललगायत इन्धनको लागत बढ्दा घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड अझै घाटामा रहेको छ। यद्यपि बिक्री लागत घट्दा कम्पनीको घाटा अघिल्लो वर्षको तुलनामा करिब २५ करोड रुपैयाँले घटेको छ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ३० करोड ८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी ५५ करोड ४३ लाख रुपैयाँ थियो। यसरी एक वर्षमा कम्पनीको घाटा ४५.७५ प्रतिशतले घटेको छ।
Read full story at source (aarthiknews.com)