आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४० लाख, अन्य सूचक कस्ता ?
arthasansar.com · Fri Aug 14 06:08:24 GMT 2026

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा र प्रतिसेयर आम्दानी केहि प्रभावित भएपनि अन्य सूचकमा भने सुधार देखिएको हो ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा शतप्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उच्च गिरावट देखिएको हो । कम्पनीले गत आर्थिक वर्षको अन्तिमसम्ममा जम्मा ४० लाख रुपैयाँको मात्रै नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा ९८.८९ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ३६ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
Read full story at source (arthasansar.com)