बाढीले भेरी करिडोरको सडक र झोलुंगे पुल बगायो, चार घरमा क्षति
barnanmedia.com · Fri Aug 14 05:57:23 GMT 2026

अविरल वर्षासँगै आएको बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ । नलगाड नगरपालिका–१० स्थित तासुघाट खोलामा पानीको बहाव बढेपछि बाढीले सडक कटान गर्दा सडकखण्डमा आवतजावत पूर्ण रूपमा बन्द भएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बिहीबार रातिदेखिको वर्षाका कारण तासुघाट खोलामा बाढी आएको हो । बाढीले सडक कटान गरेपछि जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको र तत्कालका लागि वैकल्पिक बाटोसमेत नरहेको प्रहरीले जनाएको छ ।
Read full story at source (barnanmedia.com)