रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता, खोजी जारी
bishowkhabar.com · Fri Aug 14 06:09:20 GMT 2026

काठमाडौं– रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षापछि आएको पहिरोले स्थानीय वीरबहादुर घर्तीमगरको घर पुरिएको हो। घटनामा वीरबहादुर घर्तीमगर, उनकी श्रीमती शनी घर्तीमगर तथा उक्त घरमा बास बस्न आएकी छिमेकी लली घर्तीमगर बेपत्ता भएका छन्।
Read full story at source (bishowkhabar.com)