संसदीय समितिमा मर्यादित भाषा प्रयोग गर्न सभापतिको रुलिङ
kendrabindu.com · Fri Aug 14 06:14:46 GMT 2026

काठमाडौ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा संसदीय मर्यादा र भाषाको प्रयोगमा ध्यान दिन रुलिङ गरिएको छ। समिति सभापति समीक्षा बास्कोटाले बैठकमा बोल्दा मर्यादित भाषा र उपयुक्त शब्द चयन गर्न सांसदहरूसहित सहभागी सबैलाई ताकेता गरेकी हुन्।
‘समिति बैठकमा आमन्त्रित अतिथिहरू कुनै न कुनै निकाय, सङ्गठन वा मन्त्रालयको जिम्मेवार नेतृत्वमा हुनुहुन्छ। हामीले प्रयोग गर्ने भाषा, शब्द र देखाउने व्यवहारलाई आम नागरिकले नजिकबाट हेरिरहेका हुन्छन्,’ सभापति बास्कोटाले भनिन्, ‘त्यसैले बैठकमा छलफल गर्दा विषयान्तर नभई मर्यादित र संवेदनशील भाषा प्रयोग गरिदिनुहुन सम्पूर्ण माननीय सदस्य तथा आमन्त्रित व्यक्तित्वहरूमा अनुरोध गर्दछु।’
Read full story at source (kendrabindu.com)