भूराजनीतिक टकरावले थलिँदै विश्व व्यवस्था, साना राष्ट्रमाथि बढ्दो संकट
kalakarmi.com · Fri Aug 14 05:44:49 GMT 2026

काठमाडौं- वर्तमान विश्व निरन्तर बढ्दो भूराजनीतिक प्रतिस्पर्धा, क्षेत्रीय द्वन्द्व र शक्ति राष्ट्रहरूको स्वेच्छाचारी व्यवहारका कारण गम्भीर सङ्कटबाट गुज्रिरहेको स्थिति छ । राज्यहरूको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र असीमित महत्वाकांक्षाका कारण स्थापित अन्तर्राष्ट्रिय कानुनका मान्यताहरू ओझेलमा परेका देखिन्छन् ।
विश्वव्यापीकरणको युगमा पनि जलवायु परिवर्तन, सूचना प्रविधिको दुरुपयोग, मानवतस्करी, र हतियारको तीव्र प्रतिस्पर्धाले मानव सभ्यतालाई नै ठूलो जोखिममा पारेको छ। यी बहुआयामिक चुनौतीहरूले साना, अल्पविकसित र भूपरिवेष्टित राष्ट्रहरूको अस्तित्व, सार्वभौमिकता र अधिकारमाथि ठूलो प्रश्नचिह्न खडा गरिदिएका छन् । विद्यमान अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको अत्यन्त फितलो कार्यान्वयन, शक्तिशाली मुलुकहरूको दोहोरो मापदण्ड र बहुपक्षीय निकायहरूको असफलताले विश्व व्यवस्थालाई थप अराजक बनाएको छ ।
Read full story at source (kalakarmi.com)