यूएईबाट नेपाली स्टार्टअपमा लगानी भित्र्याउने पहल, लगानीकर्तालाई नेपाल ल्याउन छलफल
ictsamachar.com

काठमाडौं । नेपालमा स्टार्टअप तथा उद्योगको विकासका लागि संयुक्त अरब इमिरेट्स (यूएई) बाट लगानी भित्राउने सम्भावना बलियो बन्दै गएको छ । नेपालमा नयाँ उद्यम तथा नवप्रवर्तनमा आधारित व्यवसायको विकास, लगानीको वातावरण निर्माण तथा यूएईका लगानीकर्तालाई नेपाली स्टार्टअपसँग जोड्ने विषयमा स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवालीसहितको टोली र नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जरवान अलशाम्सीबीच भेटवार्ता भएको छ ।
भेटमा नेपालमा उद्योग तथा स्टार्टअप स्थापना गर्न चाहने उद्यमीका लागि आवश्यक वातावरण निर्माण गर्न सके यूएईका लगानीकर्तालाई नेपालमा आकर्षित गर्न सकिने धारणा राजदूत अलशाम्सीले राखे । नेपालमा सम्भावनायुक्त व्यावसायिक विचार, नवीन प्रविधि तथा लगानीयोग्य परियोजना पहिचान गरी व्यवस्थित रूपमा अघि बढाउन सके नेपाल यूएईका लगानीकर्ताका लागि आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ थियो ।
Read full story at source (ictsamachar.com)