सेन्सरमा रोकिएको फिल्म ‘बटवारा १९४७’ शुक्रबार साँझबाट प्रदर्शनमा आउने
ratopati.com · Fri Aug 14 06:31:55 GMT 2026

काठमाडौँ । फिल्म ‘बटवारा १९४७’ नेपालमा शुक्रबार (आज) साँझबाट रिलिजमा आउने भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले बिहीबार केही दृश्य काटेर प्रदर्शन गर्न अनुमति दिएको थियो । तर नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले समितिले भने अनुसारका दृश्य काट्न नसकिने प्रतिक्रिया दिएका थिए । सोही कारण शुक्रबार बिहानबाट फिल्म प्रदर्शनमा आउन सकेको थिएन ।
अब भने फिल्म बिनाकाटछाट प्रदर्शनमा आउने भएको छ । फिल्मका वितरक मनोज राठीले फिल्म काटछाँट नगरी प्रदर्शनमा आउन लागेको जानकारी दिए ।
Read full story at source (ratopati.com)