जाजरकोट बाढी : ५ वटा घर-टहरा बगे, ३८ जना नागरिकलाई सुरक्षित स्थानमा सारियो
ratopati.com · Fri Aug 14 06:53:08 GMT 2026

सुर्खेत । गएराति जाजरकोटको तासुघाट खोलामा आएको बाढीका कारण ५ वटा घर तथा टहरा बगेका छन् । नलगाड नगरपालिका—१०, तासुघाटमा आएको बाढीले रोली गाउँका ५ जना दलित समुदायका व्यक्तिका घर तथा टहरा बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर कुमार खड्काका अनुसार, बाढीबाट ५ वटा घर तथा टहराका ३८ जना प्रभावित बनेका छन् ।
Read full story at source (ratopati.com)