प्रभु महालक्ष्मी लाइफको नाफा साढे ३७ करोड, एक वर्षमा मात्र ४० हजार ३५८ पोलिसि बिक्री
aarthiknews.com

काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले गत वर्षमा ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३७ करोड ७ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल आम्दानी ६ अर्ब ६१ करोडबाट बढेर गत वर्ष ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च पनि ६ अर्ब २४ करोडबाट बढेर ७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ४० हजार ३५८ वटा बीमा पोलिसि बिक्री गरेका छ । अघिल्लो वर्ष १ लाख २९ हजार २७२ वटा पोलिसि बिक्री गरेको थियो ।
Read full story at source (aarthiknews.com)