युवा विदेशिनु मदिरा उद्योगका लागि चुनौती बन्दै, यस्तो अवस्थामा पनि २ कम्पनीले गरे साढे ८ अर्बभन्दा बढी आम्दानी
aarthiknews.com

काठमाडौं । युवा जनशक्तिको विदेश पलायनले नेपालको मदिरा उद्योग दबाबमा परेको जनाइएको छ । मदिरा उपभोगको बदलिँदो प्रवृत्ति, उधारो कारोबारबाट रकम असुलीमा बढ्दो कठिनाइ, इन्धन तथा कच्चा पदार्थको मूल्यवृद्धि, मदिरा विज्ञापनमा कडा प्रतिबन्ध तथा चर्किंदो प्रतिस्पर्धा पनि चुनौतिको रुपमा हेरिएको मदिरा उत्पादन कम्पनीहरु बताएका छन् ।
यस्ता अवस्थामा पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २ मदिरा उत्पादक कम्पनी सागर डिस्टिलरी र हिमालयन डिस्टिलरीले आर्थिक वर्ष २०८२/८३ मा संयुक्त रुपमा ८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको मदिरा बिक्री गरेका छन् । तर, बिक्री बढे पनि दुवै कम्पनीको वित्तीय अवस्था भने फरक देखिएको छ। हिमालयन डिस्टिलरीले नाफा उल्लेख्य रुपमा बढाउँदा सागर डिस्टिलरी घाटामा पुगेको छ।
Read full story at source (aarthiknews.com)