लागूऔषधसहित एघार जना पक्राउ
khabarhub.com · Fri Aug 14 07:17:35 GMT 2026

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनको रत्ननगर नगरपालिकाबाट दुई, कास्कीको बागलुङ बसपार्क र खुदीखोलाबाट एक-एक, दाङको तुलसीपुर उपमहानगरपालिकाबाट दुई, भक्तपुरको दुवाकोटबाट एक, तनहुँको आँबुखैरेनीबाट एक, झापाको भद्रपुर–५ नयाँबजारबाट एक, कैलालीको धनगढी उपमहानगरपालिका–७ जेपी चोकबाट एक र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बाट एक जना पक्राउ परेका छन् ।
Read full story at source (khabarhub.com)