एनपीएल २०२६ : प्रसारण, स्ट्रिमिङ र टिकटिङ अधिकारका लागि क्यानले माग्यो बोलपत्र
canadanepal.com · Fri Aug 14 07:22:39 GMT 2026
काठमाडौँ -नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का विभिन्न व्यावसायिक अधिकार बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ।
क्यानले आज(शुक्रबार) मा सूचना जारी गर्दै योग्य कम्पनी तथा संस्थाबाट सिलबन्दी बोलपत्र मागेको हो। क्यानले एनपीएल २०२६ का लागि मुख्यतः तीन प्रकारका अधिकार बिक्री गर्न लागेको छ। जसमा ओटीटी स्ट्रिमिङ अधिकार, टिकटिङ अधिकार र टेलिभिजन प्रसारण अधिकार रहेका छन्। भारतबाहेक विश्वभरका लागि एनपीएल २०२६ को विशेष ओटीटी स्ट्रिमिङ अधिकार बिक्री गरिनेछ। त्यस्तै, प्रतियोगिताको टिकट बिक्री तथा टिकटिङ व्यवस्थापनको विशेष अधिकार पनि बोलपत्रमार्फत प्रदान गरिनेछ।
Read full story at source (canadanepal.com)