पुटिनको भ्रमणपछि जापानलाई अमेरिकी समर्थन
reportersnepal.com · Fri Aug 14 07:38:41 GMT 2026

टोकियो, २९ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विवादित कुरिल टापुको भ्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले ती टापुमाथि जापानको सार्वभौमिकताको समर्थन दोहोर्याएको छ । जापानका लागि अमेरिकी राजदूत जर्ज ग्लासले शुक्रबार अमेरिकाले जापानको उत्तरी क्षेत्रमाथिको सार्वभौमिकतालाई मान्यता दिने आफ्नो अडानमा कुनै परिवर्तन नगरेको बताए ।
राजदूत ग्लासले सामाजिक सञ्जाल ‘एक्स’ मा जापानका लागि प्रयोग हुने ‘उत्तरी क्षेत्र’ नाम उल्लेख गर्दै अमेरिका आफ्नो महत्त्वपूर्ण सहयोगी जापानको समर्थन र ती क्षेत्रमाथि जापानी सार्वभौमिकताको मान्यतामा दृढ रहेको बताएका हुन् । उनले हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न अमेरिका–जापान गठबन्धन प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसलाई कमजोर पार्ने कुनै पनि गतिविधिको कडा विरोध गर्ने बताए ।
Read full story at source (reportersnepal.com)