नेपाल लाइफका सीईओ पराजुलीले गरे पदभार ग्रहण
aarthiknews.com

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले पदभार ग्रहण गरेका छन् । कम्पनीमा पुनः सीईओमा नियुक्त भएका पराजुलीले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।
उनी जेठ २९ गते कम्पनीको सीईओमा पुन नियुक्त भएका थिए । यसअघिको चार वर्षे कार्यकाल सफलतापूर्वक पूरा गरेका पराजुलीले अब आगामी कार्यकालमा पनि कम्पनीको नेतृत्व सम्हाल्नेछन्। उनी २०७९ साउन ४ गतेदेखि नेपाल लाइफको सीईओको जिम्मेवारीमा छन्।
Read full story at source (aarthiknews.com)