मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
nagariknews.nagariknetwork.com · Fri Aug 14 07:46:17 GMT 2026

भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि रुकुमपूर्वमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका अनुसार यही साउन २८ गते दिउँसोदेखि परेको भारी वर्षाका कारण जिल्ला अन्तर्गत पर्ने मध्यपहाडी राजमार्गको काँडाबगर, धौलापहिरालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले केही दिन अझै वर्षाको सम्भावना रहेको जनाएको तथा सडकको अवस्था जोखिमपूर्ण रहेकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सवारी आवागमनमा रोक लगाएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)