यो कस्तो ऊर्जा नीति ? ग्यासको लाइन छ बिजुलीमा कर
baahrakhari.com · Fri Aug 14 07:55:00 GMT 2026
नागरिक एलपी ग्यासको लामो लाइनमा छन् । बजारमा आपूर्ति कठिनाइसँगै आयातित इन्धनमाथि निर्भरताको जोखिम फेरि उजागर भएको छ । उता सरकार ग्यासको विकल्प बन्न सक्ने स्वदेशी बिजुली खपतमा भ्याट लगाउँछ । यो नेपालको ऊर्जा सुरक्षा, विदेशी मुद्रा सञ्चिति, जनस्वास्थ्य र विद्युतीकरणको लक्ष्यविरुद्धको नीति हो ।
नेपालमा वर्षायाममा जलविद्युत् आयोजनाका उत्पादन घटाउनुपर्ने बाध्यता छ भने प्रतिव्यक्ति विद्युत् खपत वार्षिक करिब ४५० युनिटमात्र छ । यस्तो अवस्थामा थप बिजुली प्रयोग गर्ने घर परिवारमाथि कर लगाउनु विद्युतीकरणलाई प्रोत्साहन गर्नु नभएर आयातित इन्धनको निर्भरतालाई संरक्षण गर्नु हो ।
Read full story at source (baahrakhari.com)