कांग्रेस राष्ट्रिय भेलामा देउवाको प्रतिक्षा : मञ्चको बिचमा कुर्सी खाली
ratopati.com · Fri Aug 14 07:57:49 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको (निवर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला समूह) द्वारा आयोजित राष्ट्रिय भेलामा निवर्तमान सभापति शेरबहादुर देउवाको प्रतिक्षा भइरहेको छ। कार्यक्रममा सहभागी अन्य अधिकांश नेताहरूको शपथ ग्रहण सम्पन्न भइसके पनि प्रमुख अतिथिको रूपमा देउवा आइनपुग्दा कार्यक्रमको औपचारिक सुरुवातमै ढिलाइ गरिएको छ ।
अहिले मञ्चमा छिटफुट नेताहरूको आसन ग्रहण गराउने कार्य कार्यक्रम सञ्चालक मीन विश्वकर्माले गरिरहेका छन् । मञ्चको ठ्याक्कै बिचमा देउवा बस्नका लागि कुर्सी खाली राखिएको छ। नेताहरूका अनुसार देउवाको प्रमुख आतिथ्यमा भेलाको उद्घाटन र सम्बोधन हुने कार्यक्रम तय गरिएको छ। देउवाको आगमनसँगै भेलाले औपचारिकता पाउने सहभागीहरूले बताएका छन्।
Read full story at source (ratopati.com)