काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया विवादमा
ratopati.com · Fri Aug 14 08:09:40 GMT 2026

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया गिजोलिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित छनोट समितिले सिफारिस गरेका तीन उम्मेदवारमध्ये एक जनामाथि प्रश्न उठेपछि नियुक्ति प्रक्रिया प्रभावित बनेको हो।
समितिले प्रा.डा. बालचन्द्र लुइँटेल, प्रा.डा. विवेक बराल र प्रा.डा. राजेन्द्र जोशीको नाम विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष सिफारिस गरेको थियो। सिफारिसमा परेका यी तीन जनामध्ये प्रा.डा. बरालमाथि नैतिक तथा आर्थिक अनियमितताको प्रश्न उठेको छ। यसैकारण तत्कालका लागि नियुक्ति प्रक्रिया अघि नबढेको र यस विषयमा थप अध्ययन भइरहेको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार बरालमाथि प्रश्न उठेपछि मन्त्रालयले विश्वविद्यालयसँग आवश्यक कागजपत्र माग गर्दै पत्राचार गरेको छ। सिफारिसमा परेका प्रा.डा. लुइँटेल विश्वविद्यालयको शिक्षा सङ्कायका डिन हुन् भने प्रा.डा. बराल मेकानिकल इन्जिनियरिङ विभागका र जोशी पनि सोही विश्वविद्यालयका प्राध्यापक हुन्।
Read full story at source (ratopati.com)