जापानमा भारी वर्षा, ४ जनाको मृत्यु
ratopati.com · Fri Aug 14 08:18:15 GMT 2026

टाेकियाे । जापानमा अभूतपूर्व भारी वर्षापछि बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ भने हजारौँ यात्रु नरिता विमानस्थलमा रातभर अलपत्र परेका छन् । सडक तथा रेल सेवा अवरुद्ध भएपछि जनजीवन प्रभावित भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
बिहीबार साँझदेखि परेको अत्यधिक वर्षाका कारण चिबा प्रान्तका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको थियो । जापान मौसम विज्ञान एजेन्सीले पहिलोपटक चिबाका लागि उच्चस्तरीय भारी वर्षाको चेतावनी जारी गरेको थियो । मौसम अधिकारीहरूले वर्षा ‘अभूतपूर्व स्तरमा पुगिरहेको’ बताएका थिए ।
Read full story at source (ratopati.com)