कसैलाई दोषी करार गर्नु र धम्क्याउनु संसदीय मर्यादाविपरीत:गृहमन्त्री गुरुङ
kendrabindu.com · Fri Aug 14 08:18:31 GMT 2026

सार्वजनिक लेखा समितिको बैठकमा सुरक्षा निकायका प्रमुख तथा गृहसचिवमाथि भएको अस्वाभाविक र आक्रामक व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले कडा असन्तुष्टि जनाएका छन्। प्रहरी र सशस्त्र प्रहरीको पोसाक खरिदमा अनियमितता भएको विषयमा छानबिन हुनुपर्ने भन्दै सांसद खगेन्द्र सुनारले गृहसचिव राजकुमार श्रेष्ठ र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको तत्काल राजीनामा एवं बर्खास्तीको माग गरेका थिए। उनले बहालवाला र पूर्वपदाधिकारीहरूलाई सार्वजनिक रूपमै धम्क्याउने र अपमानजनक शैलीमा आरोप लगाउने काम गरेका थिए।
आफ्नो गैरहाजिरीमा संसदीय समितिभित्रै राष्ट्रसेवक कर्मचारी र प्रहरी प्रमुखलाई अपराधीझैँ प्रस्तुत गरिएपछि गृहमन्त्री गुरुङले त्यसको सशक्त प्रतिवाद गरेका हुन्। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले आरोप प्रमाणीकरण नै नभई कसैलाई दोषी करार गर्नु र धम्क्याउनु संसदीय मर्यादाविपरीत भएको स्पष्ट पारेका छन्। आरोप लाग्दैमा पदीय मर्यादा नाघेर दबाब दिनु र कारबाहीको धम्की दिनु अनुचित भएको भन्दै गृह मन्त्रालयले आफ्ना अधिकारीहरूको सम्मान र मनोबल गिराउने यस्ता कदमप्रति आपत्ति जनाएको छ।
Read full story at source (kendrabindu.com)