इथियोपियन एयरलाइन्स दुर्घटना : बोइङले राष्ट्रसङ्घका कर्मचारीको परिवारलाई २ करोड ९० लाख डलर तिर्नुपर्ने
ratopati.com · Fri Aug 14 08:22:33 GMT 2026

वासिङ्टन डीसी । सन् २०१९ मा इथियोपियामा बोइङ ७३७ म्याक्स विमान दुर्घटनामा परेर मृत्यु भएका आइरिस नागरिक तथा संयुक्त राष्ट्रसङ्घका कर्मचारी माइकल ‘मिक’ रायनको परिवारलाई अमेरिकी अदालतले २ करोड ९० लाख अमेरिकी डलर क्षतिपूर्ति दिने फैसला गरेको छ।
अमेरिकाको सिकागोस्थित एक जुरीले रायनको परिवारका पक्षमा फैसला सुनाउँदै सो रकम बराबरको क्षतिपूर्ति तोकेको हो। रायनकी पत्नी नाओइस कोनोली रायनले विमान निर्माता कम्पनी बोइङविरुद्ध दायर गरेको नागरिक मुद्दामा जुरीले यो फैसला सुनाएको हो।
Read full story at source (ratopati.com)