हुम्लाबाट ५१ लाखभन्दा बढीको अवैध चिनियाँ मदिरा बरामद
annapurnapost.com · Fri Aug 14 08:11:49 GMT 2026

हुम्ला : हुम्लाको नाम्खा गाउँपालिका-२, नावलथाङस्थित क्षेत्रबाट ठूलो परिमाणमा अवैध प्रतिबन्धित चिनियाँ मदिरा बरामद गरिएको छ।
चीनबाट अवैध रूपमा नेपाल भित्र्याई बेवारिसे अवस्थामा राखिएको उक्त मदिरा साउन २८ गते संयुक्त सुरक्षा टोलीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नं. ४४ गुल्म, राष्ट्रिय अनुसन्धान विभाग र कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले अपरेसन सञ्चालन गरी मदिरा बरामद गरेको हो।
Read full story at source (annapurnapost.com)