एग्री केयर नेपाल आईपीओ तयारीमा, नेपाल लाइफ क्यापिटल परामर्शदातामा नियुक्त
bishowkhabar.com · Fri Aug 14 08:29:56 GMT 2026

काठमाडौं– कृषि क्षेत्रमा सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ। कम्पनीले पूँजी संरचना सुदृढीकरण तथा वित्तीय अध्ययनका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरेको हो ।
भरतपुर–४, चितवनस्थित एग्री केयरको कार्यालयमा आयोजित कार्यक्रममा एग्री केयरका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
Read full story at source (bishowkhabar.com)