युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल
swasthyakhabar.com · Fri Aug 14 08:26:28 GMT 2026

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)का नेपाल प्रतिनिधिले भेटवार्ता गरेका छन्। शुक्रबार भएको भेटमा नेपालमा महिला तथा बालबालिकाको स्वास्थ्य,मातृ स्वास्थ्य तथा जनसंख्या व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।
भेटका क्रममा मन्त्री मेहता र युएनएफपिएका प्रतिनिधिहरुबीच नयाँ जिम्मेवारीका लागि बधाई तथा शुभकामना आदानप्रदान भएको थियो। सो अवसरमा नेपालले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अघि बढाएका सुधारका कामबारे समेत छलफल भएको थियो।
Read full story at source (swasthyakhabar.com)