लेखा समितिमा भएको घटनाबारे गृहमन्त्रीले भने– ‘आरोप लाग्दैमा चरित्रहत्या गर्न पाइँदैन’
ratopati.com · Fri Aug 14 08:34:32 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा आईजीपी दानबहादुर कार्कीमाथि भएको व्यवहारबारे गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन् । साउन २७ मा आईजीपी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारको बिचमा भएको सवाल जवाफबारे आफ्नो र मन्त्रालयको ध्यानाकर्षण भएको गुरुङले बताए । शुक्रबार संसद्कै कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा गुरुङले सो घटनाबारे असन्तुष्टि जनाउँदै भने– ‘दिस इज नट राइट, दिस इज नट गुड ।’
उजुरीको भरमा हामी न्यायाधीश बन्न नहुने र आरोप लाग्दैमा कसैको चरित्र हत्या गर्न नपाइने गुरुङले बताए । उनले भने– ‘प्रहरी प्रमुख ज्यूहरुलाई जसरी समितिमा प्रस्तुत गरियो, त्यसमा ध्यानाकर्षण भएको छ उजुरीको भरमा हामी न्यायाधीश बन्न पाइँदैन ।’
Read full story at source (ratopati.com)