बालेनको निर्देशनपछि एक्सनमा मन्त्री गौरी, ग्यासका लागि थप २५ केन्द्र
kendrabindu.com · Fri Aug 14 08:53:28 GMT 2026

काठमाडौं । ग्यास वितरणमा देखिएको असहज अवस्था दुई दिनभित्र सहज बनाउन प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले वितरण प्रणाली सुधारका लागि विभिन्न उपाय अघि बढाएकी छन्। मन्त्रालयको निगरानीमा काठमाडौँका थप २५ वटा केन्द्रबाट ग्यास वितरण गर्ने तयारी गरिएको छ।
मन्त्री गौरी कुमारीले ग्यास वितरणलाई सहज र व्यवस्थित बनाउन सरकारी निकायको प्रत्यक्ष निगरानी बढाउने, क्वीक रेस्पोन्स टिम (क्यूआरटी) लाई थप प्रभावकारी बनाउने तथा अनुगमन र कारबाहीलाई तीव्र पार्ने योजना अघि सारेकी छन्। शनिबारदेखि थप केन्द्रमार्फत ग्यास बिक्री वितरण गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।
Read full story at source (kendrabindu.com)