प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता, देशभरका विपद्बारे छलफल
baahrakhari.com · Fri Aug 14 08:53:08 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता भएको हो । भेटमा देशभरको बाढीपहिरोसहितको विपद्को विषयमा छलफल भएकाे प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।
छलफल झन्डै ४० मिनेट भएको थियो । प्रधानमन्त्रीसँगको छलफल सकेर प्रधानसेनापति बाहिरिएका छन् ।
Read full story at source (baahrakhari.com)