विद्युत् कारोबार खुला बनाउने तयारी, दुई निर्देशिकाको मस्यौदा सार्वजनिक
baahrakhari.com · Fri Aug 14 08:52:16 GMT 2026

काठमाडौं । विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा ‘खुला पहुँच’ लागु गर्ने प्रक्रिया तीव्र बनाएको छ । विद्युत् क्षेत्रमा प्रतिस्पर्धा बढाउने र उपभोक्ताले गुणस्तरीय, भरपर्दो, सुरक्षित तथा सहज रूपमा विद्युत् प्रयोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्ने उद्देश्यले आयोगले खुला पहुँचसम्बन्धी निर्देशिकाको कार्यान्वयनलाई प्राथमिकता दिएको हो ।
आयोगले साउन २२ गते बसेको ३१४औँ बैठकबाट दुईवटा नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ । आयोगले गुनासो समाधानसम्बन्धी निर्देशिका, २०८३ र ब्यालेन्सिङ तथा सेटलमेन्टसम्बन्धी निर्देशिका, २०८३ को मस्यौदा सरोकारवाला तथा सर्वसाधारणको राय, सुझाव र टिप्पणीका लागि जारी गरेको हो ।
Read full story at source (baahrakhari.com)