दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारमा विशेष ध्यान दिन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई उच्च प्राथमिकतामा राखेर परिणाममुखी काम गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।
सञ्चार मन्त्रालयमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमका अधिकारीहरूसँगको छलफलका क्रममा मन्त्री तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आSरहेको उल्लेख गर्दै नियामक र सेवा प्रदायक दुवै पक्षलाई जिम्मेवार बन्न आग्रह गरे। सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको ‘रूपान्तरणको वर्ष’ का रूपमा अघि बढाएको बताउँदै उनले अब कामको वास्तविक परिणाम जमिनमा देखिनुपर्नेमा जोड दिए।
Read full story at source (hamrakura.com)