प्रि–ओपन सेसनमा नेप्से २ अंक घट्यो, कारोबार १ करोड ४५ लाख रुपैयाँ
bishowkhabar.com · Fri Aug 14 09:15:54 GMT 2026

काठमाडौं– साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार ८ दशमलव ८१ अंकले बढेर २६५१ दशमलव २१ विन्दुमा बन्द भएको नेप्से शुक्रबार प्रि–ओपन सेसनमा २ दशमलव १० अंकले घटेर २६४९ दशमलव ११ विन्दुमा झरेको हो ।
यस अवधिमा सेन्सेटिभ परिसूचक पनि ० दशमलव ८६ अंकले घटेको छ । प्रि–ओपन सेसनमा ६१ वटा स्टकको १२२ पटक कारोबार हुँदा कुल १ करोड ४५ लाख ५७ हजार ३८ रुपैयाँ बराबरको २६ हजार ८४ कित्ता शेयर किनबेच भएको छ ।
Read full story at source (bishowkhabar.com)