सबै किसिमका ग्यास सिलिन्डर एकै ठाउँबाट उपलब्ध गराइदिन आग्रह
ratopati.com · Fri Aug 14 09:22:52 GMT 2026

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख (प्रजिअ) ईश्वरराज पौडेलले अहिलेको अवस्थामा काठमाडौँमा सबै किसिमका ग्यास सिलिन्डर एकै ठाउँबाट उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले ग्यास अभावको समस्या समाधान नभएसम्मका लागि यस्तो आग्रह गरेका हुन् ।
उपत्यकामा सबै ग्यास पसलहरू २४ घण्टा खुला गर्नुपर्ने पनि उनले बताए । ‘बजार के गर्छ भने आफ्नो अनुकूलमा खोल्छ । २४ घण्टा बजार खोल्ने व्यवस्था मिलाउनुपर्छ । यसका लागि मन्त्रालय, निगम र व्यवसायीले समन्वय गर्नुपर्ने होला । त्यसका लागि जिल्ला प्रशासनले के सहयोग गर्नुपर्ने हो हामी तयार छौँ ,’ उनले भने, ‘काठमाडौँ जिल्लाका उपभोक्ताले भोग्नुपरेका समस्या समाधान हुन्छ भने २४ घण्टा खटिन तयार छौँ ।
Read full story at source (ratopati.com)