नयाँ कप्तानको नेतृत्वसँगै नेपाली क्रिकेटमा नयाँ युगको शुरुआत: मुख्य प्रशिक्षक स्टुअर्ट
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले नयाँ कप्तानको नेतृत्वसँगै नेपाली क्रिकेटमा एक नयाँ युगको शुरुआत भएको बताएका छन्।
शुक्रवार काठमाडौंमा आयोजित नेपाली टोलीको बिदाइ कार्यक्रममा बोल्दै उनले टोलीको भविष्यप्रति आफू उत्साहित रहेको र आगामी मलेसिया भ्रमणका लागि तयारी राम्रो भएको जानकारी दिए। मलेसियाको पिच स्पिनमैत्री हुन सक्ने र नेपाली टोलीमा युवा तथा अनुभवी खेलाडीको उत्कृष्ट सन्तुलन रहेकाले त्यसले खेलमा फाइदा पुग्ने उनको विश्वास थियो। कप्तान सन्दीप लामिछानेसँगको सहकार्यमा एक शक्तिशाली टोली मैदानमा उतार्ने लक्ष्य रहेको बताउँदै उनले नयाँ नेतृत्व र ऊर्जावान् खेलाडीहरूको समूहले मैदानमा गुणस्तरीय क्रिकेट प्रदर्शन गर्न मद्दत पुग्ने बताए।
Read full story at source (hamrakura.com)