सेयर बजारमा ७ अंकको गिरावट, ४ अर्ब माथिको कारोबार
arthasansar.com · Fri Aug 14 09:22:24 GMT 2026

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज भने ७.३७ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६४३.८३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६४ कम्पनीको सेयर मूल्य घटेको छ भने १०१ कम्पनीको मात्रै बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । शुक्रबार सेन्सेटिभ इन्डेक्स भने ०.१३ अंकले बढेर ४६४.७३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटा उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको बढेको छ ।
Read full story at source (arthasansar.com)