नेप्से परिसूचक सात अङ्कले घट्यो
reportersnepal.com · Fri Aug 14 10:09:51 GMT 2026
काठमाडौँ, २९ साउन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ३७ अङ्कले घटेर दुई हजार ६४३ दशमलव ८३ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव १३ अङ्कले बढेर चार सय ६४ दशमलव ७३ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ४० अङ्कले घटेर एक सय ८१ दशमलव ७६ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १९ अङ्कले घटेर एक सय ५७ दशमलव १३ मा पुगेको नेप्सेले जनाएको छ ।
Read full story at source (reportersnepal.com)