धवलशम्शेरले दर्ता गरे ‘जय नेपाल पार्टी’, दुर्गा प्रसाईंलाई पनि खुला निम्तो
kalakarmi.com · Fri Aug 14 09:45:43 GMT 2026

काठमाडौं- डा.धवलशम्शेर राणाले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन् । शुक्रवार राणाले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।
दल दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले दुर्गा प्रसाईंलाई पार्टीमा सहभागी हुन स्वागत गर्ने बताए । उनले प्रसाईं र आफूहरूबीच पछि सहकार्य हुने जानकारी दिए । ‘हामी दुर्गा प्रसाईंको प्रतीक्षामै छौँ । उहाँ आउनुहुन्छ भने स्वागत नै छ । अहिले जय नेपाल पार्टी दर्ता भएको छ । दुर्गा प्रसाईंजी हुनुहुन्न । उहाँले हामी पछि मिल्छौँ भन्नुभएको छ,’ राणाले भने ।
Read full story at source (kalakarmi.com)