सिरहामा ४९ किलोभन्दा बढी गाँजा बरामद
ratopati.com · Fri Aug 14 10:24:39 GMT 2026

सिरहा । सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडरक्वार्टर सिरहाले औरही गाउँपालिका–४ खजनपुरबाट ४९ किलो ७६० ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ।
शुक्रबार बिहान करिब ३:२२ बजेको समयमा सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको गस्ती टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेट बीआर ३२ एम ३०५७ को मोटरसाइकललाई नियन्त्रणमा लिन खोजेको थियो।
Read full story at source (ratopati.com)